°
, June 4, 2023 in

विश्वकप लिग–२का पिएनजीको पहिलो जित, युएई ६ विकेटले पराजित

SHARE:

आइसिसी विश्वकप लिग–२मा पपुवा न्युगिनी (पिएनजी)ले पहिलो जित हात पारैको छ। प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा पिएनजीले युएईलाई ६ विकेटले हरायो । आइसिसी विश्वकप लिग–२मा उसको यो १४ खेल पछिको जित हो।

पहिला ब्याटिङ गर्दै युएईले दिएको १४८ रनको सामान्य लक्ष्य पपुवा न्यगिनीले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान असद भालाले ९७ बलमा ६ चौकासहित अविजित ६८ रनब बनाए। यस्तै, चाल्स अमिनीले ३६ रन बनाएभने ओपनर टोनी उरा र लेगा सियाका १०–१० रनमा आउट भए।

युएईका कासिफ दाउद, अहमद राजा र रोहन मुस्तफाले १–१ विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको युएईले अन्तिम बलमा अलआउट हुँदै १४७ रन मात्र बनाउन सक्यो । उसका लागि रोहन मुस्तफाले ८८ रनको उत्कृष्ट इनिङ खेलेपनि अन्यले गतिलो योगदान दिन सकेनन् । अन्तिम बलमा आउट भएका उनले १४४ बलमा ११ चौका र एक छक्का प्रहार गरे।

युएईले निकै खराब सुरुआत गरेको थियो । युएईले १६ रनमा पाँच विकेट गुमाएको थियो। ३६.३ ओभरमा ७७ रन हुँदा ९ विकेट गुमाएको युएईको लागि मुस्तफाले जहुर खानसँग मिलेर अन्तिम विकेटका लागि ७० रनको साझेदारी गरे।

युएईलाई सस्तैमा समेट्ने क्रममा पपुवा न्यू गिनीका अलेई नाओले ४ विकेट लिए भने चाद सोपरले ३ विकेट लिए।

जितसँगै पपुवा न्यू गिनी १५ खेलमा १४ हार र १ जितका साथ पुछारमा छ। पराजित युएई १७ खेलमा ९ जित र ६ हारसहित २० अंकका साथ दोस्रो स्थानमा छ। ओमान २७ खेलमा १७ जित र ८ हारसहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ।

SHARE: