फर्नान्डेस भन्छन्– एकै खेलमा ५–६ असिस्ट गर्ने क्षमता पोग्बासँग छ

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सानदार सुरुआत गर्‍यो । उसले लिगको पहिलो खेलमा लिड्स युनायटेडमाथि ५–१को जित निकाल्यो।

उक्त खेलमा मिडफल्डर द्वय ब्रुनो फर्नान्डेस र पाउल पोग्बा चम्किए । फर्नान्डेसले गोलको ह्याट्रिक गरे भने पोग्बाले असिस्टको । फर्नान्डेसले गरेका २ गोलमा पोग्बाकै असिस्ट थियो।

लिड्सविरुद्धको खेलपछि पोग्बाको सबैले तारिफ गरे । र, कपितयले त पोग्बाले त्यो भन्दा पनि राम्रो खेल्न सक्ने बताए । तीमध्ये एक हुने उनै फर्नान्डेस। हालै एक अन्तर्वार्ताका क्रममा फर्नान्डेसले पोग्बाको प्रसंशा गर्दै उनीसँग एकै खेलमा ५–६ असिस्ट गर्न सक्ने क्षमाता भएको बताए। ‘मलाई पुरा विश्वास छ उनी एकै खेलमा ५–६ असिस्ट गर्न सक्षम छन्,’ उनले भने।

‘लिड्सविरुद्ध उनले गज्जब खेले, साच्चिमकै राम्रो । पोग्बा राम्र र ठूला खेलाडी हुन्,’ फर्नान्डेसले भने, ‘मलाई विश्वास उनले प्रत्येक दिन राम्रो खेल्दै जाने छन् । र, अझै यो भन्दा राम्रो गर्ने छन्।’

‘उनी धेरै स्तरीय खेलाडी हुन्, हामी उनलाई विश्वास गर्छौं । र, हामीलाई उनको क्षमताका बारेमा पनि राम्रोसँग थाहा छ,’ फर्नान्डेसले भने, ‘मुख्य कुरा टिम र उनको प्रदर्शनका हो । उनले राम्रो प्रदर्शन गरे टिमलाई बनाउन मद्दत गर्छ ।’