सुमित महर्जन र उपुल थरंगाले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल टि–२० लिगमा पोखरा एभेन्जर्सले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ। प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा पोखराले सोमबार कीर्तिपुरस्थि टियू मैदानमा काठमाडौं नाइट्समाथि ५ विकेटको जित निकाल्यो।
काठमाडौंले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा पोखराको ओपनर सुमित महर्जन र कप्तान उपुल थरंगाले तेस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गरे ।
सुमितले सर्वाधिक ७६ रनको उत्कृष्ट इनिङ खेले । उनले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै, कप्तान उपुल थरंगाले ४९ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रनको योगदान दिए।
काठमाडौंका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल र अभिनाश बोहोराले समान १–१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
काठमाडौंका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रन बनाए। उनले २८ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै आक्रमक ब्याटिङ गरेका थिए ।
यस्तै, ओपनर सुमन गौतमले ४५ रन बनाउँदा विरनदिप सिंह ३२ रन बनाउँदा बनाए ।
पोखराका लागि तुल थापाले सर्वाधिक २ विकेट लिए । प्रतिश जिसी र कुशल मल्लले समान १–१ विकेट लिए ।
जितसँगै पाेखरा ८ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ चाैथाे स्थानमा छ भने काठमाडाैंकाे ६ अंक नै छ। उ तेस्राे स्थानमा छ। यद्यपि उसले ६ खेल मात्र खेलेकाे छ।