पोखरा म्याराथनको उपाधि सेनाका राजन रोकायालाई

१५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका राजन रोकायाले जित्नका छन्। भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितेका हुन् । उनले दुई लाख प्राप्त गरे ।

यस्तै सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी दोस्रो भए भने सेनाकै देवीराज बस्नेत दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तेस्रो भए । दोस्रो हुने ज्ञानप्रसादले १ लाख र तेस्रो हुने देवीराजले ७५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, दुई घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरी पाँचथरका प्रदीप तामाङले सान्त्वना भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

यसेगरी महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाइँले जिते। उनले निर्धारित दुरी एक घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गरे । यस्तै, जुम्लाका राममाया बुढा एक घण्टा ३० मिनेट पाँच सेकेण्डमा दौड पूरा गरी दोस्रो भए भने सशस्त्र प्रहरी बलका ब्रिन्दा श्रेष्ठले एक घण्टा ३१ मिनेट दुई सेकेण्डमा निर्धारित दुरी पार गरी तेस्रो भए । विजेताले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरे । विगतका संस्करणमा विदेशी धावकहरुले प्रतियोगितामा सहभागिता जनाउने गरेकामा यस वर्ष कोरोना कारणले विदेशीको सहभागिता थिएन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.