स्टार स्ट्राइकर रोबर्ड लेवान्डोस्कीले विश्वकपमा गोलको खाता खलेको छन् । शनिबार राति भए भएको समूहको दोस्रो खेलमा साउदी अबेरियाविरुद्ध गोल गर्दै लेवान्डोस्कीले गोलको खाता खोलेको हुन्।
लेवान्डोस्कीले गोल गरेको खेलमा पोल्यान्डले साउदीमाथि २–०को जित निकाल्यो । यो जितसँसै उसको अन्तिम १६ पुग्ने सम्भावना बलियो बनेको छ। अब अन्तिम खेलमा अर्जेन्टिनालाई बराबरीमा मात्र रोक्न सके उ नकआउट चरण पुग्ने छ।
पराजित भएको अवस्थामा उसको सम्भावना बाँकी रहन्छ । तर, त्यसका अन्यको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
पोल्यान्डसँग पराजित भएपनि साउदीको अन्तिम १६ को सम्भावना जीवितै छ। अब उसले अन्तिम खेलमा मेक्सिकोसँग खेल्ने छ। सो खेल जिते उ अन्तिम १६ पुग्ने छ भने बराबरी अन्य खेलको नतिजा पर्खनु पर्ने छ।
साउदीविरुद्ध पोल्यान्डलाई जित दिलाउन पियोटी जिलेन्स्की र लेवान्डोस्कीले गोल गरेका थिए । साउदीको दबाबका बीच पोल्यान्डले दुवै हाफमा समान १ गोल गरेको थियो।
खेलको ३९औं मिनेटमा पोल्यान्डले अग्रता लियो । उसका जिलेन्स्कीले लेवान्डोस्कीको पासमा गोल गरेका थिए। इन्जुरी समयको पहिलो मिनेटमा साउदीले पनि गोलको सुन्दर अवसर पायो । तर, उसका कप्तान सलिन अलद्वासरीले पेनाल्टीमा गोल गर्न सकेनन्। उसको प्रहास पोल्यान्डका गोलकिपर वेइस्याक सेजेनीले रोकेका थिए।
पहिलो हाफमा १–०को अग्रता लिएको पोल्यान्डले ८२औं मिनेटमा अग्रता दोब्बर बनायो । उसका लागि कप्तान लेवान्डोस्कीले गोल गरे। पोल्यान्डका सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले विश्वकपमा गोलको खडेरी पनि तोडे।
पहिलो खेलमा अर्जेन्टिनालाई हराएको उत्साहित बनेको साउदीले खेलमा पोल्यान्डलाई पूर्णरुपमा दबाबमा राखेको थियो । उसले पोल्यान्डविरुद्ध ६४ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले १६ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो। पोल्यान्डले ९ सट प्रहार गर्दा तीन सट फ्रेममा थियो।
यही समूहको अर्को खेलमा राति १२:४५ बजे अर्जेन्टिना र मेक्सिकाे भिड्ने छन्।