
एनभीए भलिबल च्याम्पियनसिप : डर्बीमा जित निकाल्दै पुलिस फाइनलमा
Read Time:1 Minute
विभागीय डर्बीमा जित निकाल्दै नेपाल पुलिस क्लब एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३–२ को सेटमा हराउँदै पुलिस फाइनल पुगेको हो।
रोमाञ्चक खेलको पहिलो सेट पुलिसले २५–१५ ले जितेको थियो । दोस्रो सेट र तेस्रो सेट एपीएफले २५–१७ र २५–२१ ले जित्दै एपिएफले खेलमा अग्रता लियो।
चौथो सेट पुलिसले २५–२१ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा पुलिसले १५–७ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
अब पुलिसले उपाधिका लागि आइतबार आर्मी र न्यु डायमण्डबीचको विजेतासँग खेल्नेछ।