स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगिज टिमको घोषणा गरिएको छ। बिहीबार मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले विश्वकप छनोटका लागि रोनाल्डोको कप्तानीमा २५ सदस्यीय टिम घोषणा गरेका हुन्।
प्रशिक्षक सान्तोषले युरोकप खेलेकै अधिकांश टिमलाई निरन्तरता दिएका छन् । युरोकप टिममा रहेका मिडफिल्डर रेनाटो सान्चेज र विंगल जोआ फेलिक्स भने यो टिममा छैनन । दुवै घाइते भएकाले टिमबाट बाहिरिएका हुन्।
टिमको गोलकिपरमा एन्थोनी लोपेज, डिओगो कोस्टा र रुइ प्याट्रिसियो छन् भने डिफेन्डरमा पेपे, रुवेन डियास, जोआ क्यान्सेलो, राफायल गुइरेरो, नुनो मेन्डेस, रिकार्डो पेरेइरा, डोमिन्गोस डुआर्टे, गोन्कालो इनसिओ छन्।
यस्तै, मिडफिल्डमा डानिलो पेरेइरा, जाओ पाउलिन्हा, रुबेन नेभेस, जाओ मारियो, ओटाभिओ मोन्टेरिओ, जाओ माटिन्हो, ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भा छन्। यस्तै स्ट्राइकरमा रोनाल्डो, आन्द्रे सिल्भा, डिएगो जोटा, गोन्सालो गुइडेस, पेड्रो गोन्साल्भेस र राफ सिल्भा छन्।
विश्वकपको युरोप छनोटमा पोर्चुगल समूह एमा छ । यो समूहमा सर्विया, लक्जेमबर्ग, रिपब्लिक अफ आयरल्यान्ड र अजरवैजान छन्।
सेप्टेम्बर पहिलो साता पोर्चुगलले तीन खेल खेल्ने छ। जसमा सेप्टेम्बर १मा आयरल्यान्ड र सेप्टेम्बरमा ७मा अरबैजानसँग छनोटका खेल खेल्ने छ भने सेप्टेम्बर ४मा कतारसँग मैत्रीपूर्ण खेल खेल्नेछ।