°
, June 2, 2023 in

नुनो मेन्डिसले विश्वकप गुमाए

SHARE:

उत्कृष्ट फर्ममा रहेका पोर्चुगिज युवा डिफेन्डर नुनो मेन्डिसले विश्वकपका बाँकी खेल गुमाउने भएका छन्। समूह चरणको दोस्रो खेलमा उरुग्वेविरुद्ध चोटका कारण पहिलो हाफमै मैदान छाड्न बाध्य मेन्डिसले विश्वकप गुमाउने पक्का भएको हो।

पोर्चुगिच फुटबल फेडेरेसनले २० वर्षीय मेन्डिसले चोटका कारण विश्वकप गुमाउने जनाएको छ। उरुग्वेविरुद्ध खेलमा ह्यामिस्ट्रिङ इन्जुरीका कारण उनले ४१औं मिनेटमा मैदान छाडेका थिए।

यो सिजन चोटले सताइएका उनी तेस्रो पटक घाइते भएका हुन्। यसअघि उनी अक्टोबरमा २२ दिन र नोभेम्बरमा १ साता मैदान बाहिर रहेका थिए। यो पटक उनी एक महिना मैदान बाहिर रहने बताइएको छ।

पोर्चुगिच प्रशिक्षक फर्नान्डो सान्तोषका उनी महत्वपूर्ण खेलाडी थिए । अब उनको स्थानमा राफायल गुइरेरो लिनेछन् । सान्तोषसँग जोआ क्यान्सेलोलाई लेफ्टबाट खेलाएर डिएगो डालोटलाई राइटबाट खेलाउने अप्सन पनि छ।

SHARE: