कतार विश्वकपको क्वार्टरफाइनलको अन्तिम दिन आज दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा बलियो पोर्चुगलले अन्डर डगको छवि बनाएको मोरक्को सामाना गर्दै छ। यो खेल अल थुमाम रंगशालाम राति ८ः४५ बजे सुरु हुनेछ।
पोर्चुगल आफ्न मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डोविना नै अन्तिम १६मा सानदर जित निकालेकाले उसले आफूलाई रोनाल्डोविना पनि बलियो रहेको प्रमाणित गरेको छ। यता, पहिलो पटक क्वार्टरफाइलन पुग्ने क्रममा मोरक्कोले आफूलाई बलियो टिमका रुपमा स्थापित गरेको छ।
पोर्चुगलमाथि शनिबार हुने खेलमा विजय हात पारेमा मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने छ । तर, पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध पछिल्लो खेलमा ६ गोल गरेको मोरक्कोले बिर्सनुहुन्न ।
बेल्जियम र क्यानाडामाथि विजय हात पार्दै समूह ‘एफ’ को विजेता बनेको वालिद रेग्रागुइको मोरक्कोले अन्तिम १६ को प्रतिस्पर्धामा स्पेनलाई पेनाल्टी शुटआउटबाट घर फर्काएको थियो । अगस्टमा भाहिद हलिहोड्जिचलाई बर्खास्त गरेपछि रेग्रागुइको प्रशिक्षणमा मोरक्को ७ खेलमा अपराजित छ । त्यसक्रममा टोलीले १ गोलमात्र खर्चेको छ, त्यो पनि क्यानडासँग आत्मघाती गोल थियो ।
क्यामरुन (१९९०), सेनेगल (२००२), घाना (२०१०) पछि क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी टोली हो । अरबको यस टोलीले कतारमा भएका खेलहरूमा ठूलो समर्थन पाएको थियो । पोर्चुगलविरुद्ध अल थुमामा रंगशालामा हुने खेलमा पनि यही समर्थन पाउने अपेक्षा गरिएको छ ।
स्पेनले मोरक्कोविरुद्ध खासै अवसरको सिर्जना गर्न सकेको थिएन । तर पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध आफ्नो आक्रामक शैली देखाइसकेको छ । क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको खेलमा पोर्चुगलले स्विस टोलीविरुद्ध ६–१ को विजय हात पार्दा गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए ।
पोर्चुगल सन् २००६ पछि पहिलो पटक विश्वकप क्वाटरफाइनल खेलिरहेको छ । इंग्ल्यान्डले पेनाल्टी शुटआउटमा पराजित गरेको टोली सेमिफाइनल पुग्ने भिडन्तमा फ्रान्ससँग पराजित भएको थियो ।
नाउसर माजराओई, सोफ्यान अम्राबात, हाकिम जियच, गोलरक्षक बोनोजस्ता खेलाडी रहँदा मोरक्को बलियो देखिन्छ । पोर्चुगलको आक्रामक खेललाई मोरक्को डिफेन्सिभ र काउन्टर अट्याकमार्फत चुनौती दिने लक्ष्यमा छ । सन् २०१६ को युरोपियन च्याम्पियन पोर्चुगलले पुनः रामोसलाई प्लेइङ सेटमा स्थान दिनेछ ।
यसैगरी, ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भा, जोआओ फेलिक्स, पेपे, रुवेन डिआस खेलाडीबाट उत्कृष्ट नजिताको आशामा छ । पोर्चुगल र मोरक्कोबीच हालसम्म दुई खेल भएका छन् । सन् १९८६ मा भएको पहिलो भेटमा मोरक्को ३–१ ले विजयी भएको थियो । सन् २०१८ मा भएको पछिल्लो भेटमा पोर्चुगल १–० ले विजयी भयो ।