कतार विश्वकपको अन्तिम १६को अन्तिम खेलमा आज राति क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले ग्रानिट जाकाको टिम स्वीट्जरल्यान्डको सामाना गर्दै छ। पोर्चुगल र स्वीट्जरल्यान्डबीचको यो खेल लुसाइल रंगशालामा राति १२ः४५बजे हुनेछ।
स्विट्जरल्यान्डलाई थाहा छ कि मंगलबार राति अन्तिम १६ को खेलमा पोर्चुगलविरुद्ध मैदान उत्रिँदा आफ्नो पल्ला भारी हुनेछैन। तर, उसलाई यो पनि राम्रोसँग थाहा छ, कतार विश्वकपमा ‘ट्याग’को महत्वले खासै अर्थ राख्दैन।
किनभने कतारमा ठूला भनिएका टोलीले एकपछि अर्को झड्का बेहोरिरहेका छन्। पोर्चुगलले पनि समूहको अन्तिम खेलमा यस्तै झड्का बेहो¥यो। पनि एसियाली राष्ट्र दक्षिण कोरियासँग २–१ गोलले स्तब्ध बनेको थियो।
तर, खतरनाक पोर्चुगिज आक्रमण रोक्न निकै कठीन हुनेछ। रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुर्गिच अग्रपंति विश्वकपै उत्कृष्ट मध्येमा पर्छ। जोसँग रोनाल्डोसँगै जोआ फेलिक्स, ब्रुनो फर्नान्डेस, राफा लियो, आन्द्रे सिल्भा, रिकार्डो होटा, गोन्कालो रामोस र बर्नान्डो सिल्भा छन्। सबै युरोपियन फुटबलमा तहल्का मच्चाएका खेलाडी हुन्।

पोर्चुगल र स्वीट्जरल्यान्डबीच अहिलेसम्म २५ भीडन्त भचएका छन्। जसमा पोर्चुगलले ९ खेल जित्दा स्वीटजरल्यान्डले ११ खेल जितेको छ। ५ खेल भने बराबरीमा सकिएको छ।
यसैवर्षको यो यी दुई बीचको तेस्रो भीडन्त हो। युईएफए नेसन्स लिगमा भएको दुवै खेलमा पोर्चुगललाई हराएकाले स्वीट्जरल्यान्डको मनोबल उच्च छ। उसका लागि कप्तान जाका, जेर्दान सकरी, ब्रिल इम्बोलो, म्यानुअल एकान्जीलगायत महत्वपूर्ण छन्।
यता, स्विट्जरल्यान्डले कुनै पनि विश्वकपमा तीन खेल जितेको छैन। समूह चरणका खेलमा ब्राजिलसँग १–० गोलले पराजित भएको स्विट्जरल्यान्डले सर्बियालाई ३–२ र क्यामरुनलाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। समूह चरणका खेलबाट ब्राजिलसँगै ६ अंक जोडे पनि स्विट्जरल्यान्ड गोल भिन्नतामा पछि पर्दा उपविजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको हो।

सन् १९६४ को आयोजक राष्ट्र स्विट्जरल्यान्डले अहिलेसम्म क्वार्टरफाइनलमा स्थान बनाउन सकेको छैन। पोर्चुगल पनि दुई पटक मात्रै अन्तिम १६ बाट अगाडि बढ्न सकेको छ। सन् १९६६ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा पोर्चुगलले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यतिबेला पोर्चुगलले तेस्रो स्थान हात पारेको थियो।
यस्तै सन् २००६ को विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल चौथो भएको थियो। अहिलेसम्म आठौं पटक विश्वकपमा सहभागिता जनाएको पोर्चुगल ६ पटक अन्तिम १६ बाट अगाडि बढ्न सकेको छैन।