पोर्चुगल भर्सेस उरुग्वे अर्थात् रोनाल्डो भर्सेस सुआरेज

Read Time:3 Minute

विश्वकप अन्तर्गत आज राति १२ः४५ बजे हुने खेलमा दुई ठूला देशहरु पोर्चुगल र उरुग्वे आमने सामने हुने छन्। यो खेललाई खेलालाई धेरैले (त्ररोनाल्डो भर्सेस सुआरेजको रुपमा पनि हेरेका छन्।

एक–अर्काविरुद्ध खेल्न मैदान उत्रँन लागेका यी दुई खेलाडीबीच केही समानता छन्। क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेजका लागि सम्भवतः यो अन्तिम विश्वकप हो। दुवै फुटबल करिअरको उत्तरार्धमा छन्।

रोनाल्डो र सुआरेज आफ्नो देशका लागि सर्वाधिक गोलकर्ता हुने भने सबैभन्दा ठूला स्टार पनि । यस्तै, अहिले यी दुवै खेलाडी अहिले क्लबबिहीन पनि छन्।

लुसैल रंगशालामा उरुग्वेविरुद्ध मैदान उत्रँदा पोर्चुगलसामु अघिल्लो विश्वकपमा प्राप्त हारको बदला लिने अवसर पनि हुनेछ। रुस विश्वकपमा पोर्चुगल अन्तिम १६मा उरुग्वेसँग २–१ले पराजित भएको थियो।

रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल चार वर्षअघिको भन्दा निकै बलियो छ। त्यसैले उ उरुग्लेलाई हराउँदै एक खेलबाँकी छँदै नकआउटमा स्थान पक्का गर्न चाहन्छ । उसले पहिलो खेलमा घानाविरुद्ध ३–२को जित निकालेको थियो ।

यता, पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको उरुग्वे पनि पोर्चुगललाई हराउँदै नकआउट पुग्ने सम्भावना बलिाये बनाउने दाउमा छन्।

खेलमा पोर्चुगलका लागि रोनाल्डोसँगै जोआ फेलिक्स, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भालगायत खेलाडी महत्वपूर्ण हुनेछन् भने उरुग्वेले सुआरेजसँगै डार्विन नुनेज, फेडेरिको भाल्भर्डे, रोड्रिगो बेन्टान्कुरबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छ।

पोर्चुगल स्टार खेलाडीले भरिएपनि उसलाई चोटले सताएको छ। घानाविरुद्ध पहिलो रोजाइमै खेलेका डिफेन्डर डानिलो परेरा उरुग्वेविरुद्ध खेल्ने छैनन् । यस्तै, मिडफिल्डर ओटाभियो र डिफेन्डर नुनो मेन्डिस पनि खेल्ने सम्भावना कम छ ।

विश्वकपमा उरुग्वेको युरोपियन देशविरुद्धको प्रदर्शन उत्कृष्ट भएकाले पनि उ पोर्चुगलविरुद्ध पनि आशावादी छ। विश्वकपमा युरोपियन टिमविरुद्धको ५ भीडन्तमा उसले ४ जित निकालेको छ।

यता, दक्षिण अमेरिका टिमसँगको पोर्चुगलको रेकर्ड भने राम्रो छैन। दक्षिण अमेरिका देशसँगको ९ भीडन्त मध्ये उसले १ जितमात्र निलेको छ। त्यसमा ३ बराबरी र ५ हार सामेल छ । उसले सन् २०१४मा मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई हराएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेमारविनै स्वीट्जरल्यान्डसँग भिड्दै ब्राजिल
Next post सर्बियासँग क्यामरुनको नाटीयक बराबरी
Close