रोनाल्डो प्रेरित पोर्चुगल नेसन्स लिग च्याम्पियन

युइएफए नेसन्स लिगको फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै पोर्चुगलले घरेलु भुमीमा आयोजित प्रतियोगिताको पहिलो संस्करणको उपाधी जितेको छ । यो रोनाल्डोको दोस्रो अन्तर्राष्ट्रिय उपाधी हो ।

स्विजरल्यान्डविरुद्धको सेमिफाइनलमा ह्याट्रीक गर्दै स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई फाइनल पुर्‍याएका थिए । फाइनलमा गोल गर्ने धेरै अवसरमा चुकेपनी रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेका थिए ।

सुरुदेखि नै आक्रामक देखिएको पोर्चुगलले नेदरल्यान्ड्सलाई खेलभर दबाबमा राखेको थियो । दोस्रो हाफको सुरुवात र अन्त्यतिर भने नेदरल्यान्ड्सले खेलमा पकड जमाउँदै पोर्चुगललाई निरन्तर दवाद दिएको थियो ।

तर, गोन्ज गुइडेसले ६०औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । बर्नार्डो सिल्भाको सटिक पासमा एकदम पावरफुल सट प्रहार गर्दै उनले पहिलो गोल गरेका थिए । त्यसपछि केहि समय खेलमा स्वभावतस् पोर्चुगलले कब्जा गरेपनी दोस्रो हाफको अन्त्यतिर नेदरल्यान्ड्सले गोलका कैयौं अवसर सिर्जना भएको थियो ।

त्यसपछि दुवै टिमबाट गोल गर्न उल्लेखनिय प्रयत्न गरिएपनि कसैबाट गोल हुन नसकेपछि खेल १(० मा समाप्त भएको थियो । जितसँगै रोनाल्डोले दोस्रो अन्तर्राष्ट्रिय उपाधी हात पारेका छन् । पोर्चुगलले युइएफए नेसन्स लिगको पहिलो संस्करणको उपाधी उचाल्न सफल भएको छ ।

४३ प्रतिशत बल पोजेसन राख्ने क्रममा पोर्चुगलले १८ सट प्रहार गरेको थियो जसमध्ये ७ सट टार्गेटमा गएका थिए । यस्तै, ५७ प्रतिसत बल पोजेसन राखेको नेदरल्यान्ड्सलले ४ सट प्रहार गरेको थितो जसमध्ये एउटा मात्र सट टार्गेटमा गएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.