युरोकप छनोटका लागि नवनियुक्त मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पोर्चुगिज टिम घोषणा गरेका छन्। मार्टिनेजले सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई समेट्दै २६ सदस्यीय टिम घोषणा गरेका छन्।
युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगललले लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ। उसले मार्च २३मा लिकटेन्स्टाइन र २६ मार्चमा लक्जमवर्गसँग खेल्ने छ।
विश्वकपपछि पोर्चुगिज टिम सम्हालेको मार्टिनेजले अधिकांश विश्वकप खेलेकै खेलाडीलाई प्राथमिकता दिएका छन्।
कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए। तर, मार्टिनेजले रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको भन्दै उनलाई सामावेश गरेका छन्।
विश्वकपकै क्रममा म्यानचेस्टर युनाइटेड छाडेका ३८ वर्षीय रोनाल्डो हाल साउदी क्लब अल नासरमा छन्। उनले अल नासरबाट ९ खेलमा ८ गोल गरिसकेका छन्।
पोर्चुगिज टिममा रोनाल्डोसँग बर्नार्डो सिल्भा, जोआ फेलिक्स, ब्रुनो फर्नान्डेस, जोआ क्यान्सेलो, रुबिन डियास, रुवेन नेभेस, डिएगो कोस्टा, जोसे शा, एन्टोनियो सिल्भा, डिएगो डालोट, पेपे, डानिलो परेरा, राफाइल लिओ, नुनो मेन्डिस, ओटाभिया, जोआ पालिन्हा, जोआ मारियो, म्याथुस नुनेजलगायतले स्थान बनाउँदा चोटका कारण विश्वकप गुमाएका लिभरपुलका स्ट्राइकर डिएगो जोटाले टिममा पुनरागमन गरेका छन्।