सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले मुख्य प्रशिक्षकका रुपमा प्रवेश कट्वाललाई नै निरन्तरता दिने भएको छ । मछिन्द्रले अघिल्लो सिजन लिग च्याम्पियन बनाएका प्रशिक्षक कट्वाललाई यो सिजन पनि निरन्तरता दिने निर्णय गरेको हो।
प्रशिक्षक कट्वालसँग मछिन्द्र क्लबले बिहीबार मात्र सम्झौता नवीकरण गरेको छ। अघिल्लो सिजन लिग च्याम्पियन बनाएको उनी उत्कृष्ट प्रशिक्षक समेत बनेका थिए।
मछिन्द्रले नयाँ सिजनको लिगका लागि अधिकांश पुरानै खेलाडीसँग सम्झौता नवीकरण गरेको छ। उसले अभिषेक रिजालसँग सम्झौता नवीकरण गर्दा युवा स्टार मनिष डाँगीलाई अनुबन्धन गरेको छ।