प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई विश्वकै खेल क्षेत्रको हव बनाउन सकिने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९मा प्रधानमन्त्री दहालले नेपाललाई खेलकुदको हव बनाउन सकिने भएकाले वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए।
उनले खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरुको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरुमा आफुले सदैव सहभागीता जनाउने धारणा राखे । उनले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाएर तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिने उल्लेख गरे।
पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा सफलता हासिल गरेको भन्दै प्रधानमन्त्री दाहालले खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलगायतले खेल क्षेत्रको पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।