प्रज्ज्वलको समाचार विश्वक उत्कृष्ट

नेपाली खेल पत्रकार प्रज्जवल ओलीको समाचार विश्वकै उत्कृष्ट समाचार घोषित भएको छ । योसँगै ओलीले एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड जितेका छन् ।

विश्वभरका खेल पत्रकारको संस्था एआईपीएसले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डमा ‘वेस्ट कोलम राईटिङ’तर्फ ओलीको समाचार उत्कृष्ट बनेको हो ।

हंगेरीको बुडापेस्टमा सोमबार राति एक कार्यक्रमका बीच ओलीलाई विजेता घोषणा गरिएको हो । उनले स्पेन र अर्जेन्टिनाको खेल पत्रकारको समाचारलाई पछाडी पार्दै नेपालका तर्फबाट सो अवार्ड प्राप्त गरेका हुन् ।

अवार्डसँगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । नेपालको तर्फबाट एनआईपीएसमा अवार्ड जित्ने ओली पहिलो पत्रकार पनि बने । नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव समेत रहेका ओली झण्डै डेढ दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय छन् ।

गत असार १९ गते काठमाडौं पोस्टमा ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेल संघहरु पालिएका छन्’ शीर्षकको ओलीको समाचार उत्कृष्ट भएको हो । विश्वभरका करिब १ सय ८० देशका सयौं पत्रकारले पठाएका मध्य समाचार मध्य ओलीको समाचार उत्कृष्ट बनेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.