प्रकाशले अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन खेल्ने

सुर्खेतका १८ वर्षीय प्रकाश अधिकारीले अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन प्रतियोगिता खेल्ने भएका छन्। प्रकाशले युएईमा हुने तेस्रो फाज्जा दुबई अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्न लागेका हुन्। अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो सहभागी हो।

दुबई पारा ब्याडमिन्टन संघको आयोजनमा हुने प्रतियोगिता चैत १४ देखि २३ गतेसम्म दुबईस्थित सहबाब अल अली क्लबमा हुने छ।

प्रतियोगितामा सहभागी हुन शनिबार दुबई जाने लागेका प्रकाशलाई नेपाल ब्याडमिन्टन संघले शुक्रबार एक कार्यक्रम गर्दै विदाई गरेको छ।

प्रकाशलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, राखेपका सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठ लगायतले विदाई गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.