न्यु डायमन्ड एकेडेमीलाई राष्ट्रिय महिला भलिबलमा पहिलो पटक च्याम्पियन बनाउन उत्कृष्ट भूमिका खेलेकी स्पाइकर प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी बनेकी छिन्।
प्रतिभाको उत्कृष्ट प्रदर्शन मद्दतमा एपिएफलाई ३–२ले हराउँदै न्यु डयामन्ड पहिलो पटक राष्ट्रिय महिला भलिबलको च्याम्पियन बनेको थियो।
राष्ट्रिय महिला भलिबल टिमकी सदस्य समेत रहेकी प्रतिभावले सर्वोत्कृष्ट बनेसँगै ५० हजार रुपैयाँ अन्य उपहार पनि प्राप्त गरिन्।
यस्तै, महिला राष्ट्रिय भलिबलको व्यक्तिगत पुरस्कारमा पनि न्यु डायमन्डकै दबादबा रह्यो । १५ वर्षीय स्पाइकर सलिना बुढामगर इमर्जिङ प्लेयर बन्दा प्रगति नाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक बने।
यस्तै, एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर, सरस्वती चौधरी उत्कृष्ट सर्भर र हीरा केसी उत्कृष्ट ब्लकर चुनिए । व्यक्तिगत विधानमा उत्कृष्ट भएका सबैले जनही १५ हजार रुपैयाँ प्राप्त गरे।