पिएनजीविरुद्ध प्रतिशको डेब्यू, चार फास्टबलर मैदानमा

Read Time:1 Minute

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको युएईमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ रोजेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

यही खेलमार्फत मुख्य प्रशिक्षक मोन्टी देसाईले फास्ट बलर प्रतिश जिसीले नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यू गराएका छन्। उनी पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।

टिममा प्रतिशसँगै आरिफ शेख र गुल्शन झाले पनि स्थान बनाएका छन्। पछिल्लो पटक गुल्झन टिममा रहे पनि नियमित खेल्न पाएका थिएनन् भने आरिफले भने टिममा पुनरागमन गरेका हुन्।

योसँगै नेपालले पिएजनीविरुद्ध कुनै पनि विशेषज्ञ स्पिनर खेलाएको छैन । नेपालले ४ फास्ट बलरलाई मैदानमा उतारेको छ। टिममा प्रतिश, गुल्सनसँगै सोमापाल कामी र करण केसी फास्टल बरलका रुपमा छन्। स्पिनरका रुपमा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल हुनेछन्। यी सबै अलराउन्डर हुन्।

नेपाली टिम : रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, सोमपाल कामी, गुल्शन झा, करण केसी

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसीको ७ सयौं गोलमा पिएसजीको जित
Next post आर्मीलाई हराउँदै सातदोबाटो केपी ओली कपको फाइनलमा
Close