कप्तान प्रीति भन्छिन्- यू-२० महिला साफमा राम्रो नतिजा ल्याउन टिम तयार छ

Read Time:1 Minute

नेपाली यू–२० फुटबल टिम यतिखेर बंगलादेशमा छ । ढाकामा शुक्रबारबाट सुरु हुने यू–२० महिला साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टिम बुधबार ढाका पुगेको हो।

नेपालले उद्घाटन खेलमै नेपालले आयोजक बंलादेशको सामाना गर्दै छ। प्रतियोगितामा नेपाल, बंगलादेश, भारत र भुटान मात्र सहभागी छन्।

प्रतियोगिताअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमकी सबैभन्दा अनुभवी खेलाडी तथा कप्तान प्रीति राईले नेपाली टिम राम्रो नतिजा ल्याउन तयार भएके बताएकी छिन्।

उनले प्रतियोगिताका लागि तयारी राम्रो भएकाले नतिज पनि राम्रो आउने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘आयोजक भएकाले बंगलादेशलाई फाइदा छ । यू–१७ विश्वकप खेलेको भारत अनुभवी छ । उनीहरुसँग खेल्न गाह्रो हुन्छ। तर, हामी मेहेनत गरेर खेल्छौं। राम्रो नतिजा निकाल्छौं।’

प्रतियोगितामा फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ। सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली तेक्वान्दो टिम युएई प्रस्थान
Next post भिनिसियस चम्किँदा रियलको जित
Close