३० अप्रिलमा प्रिमियर लिग सुरु नहुने

कोरोना भाइरसका कारण स्थगित इंग्लिस प्रियमर लिग ३० अप्रिलमा सुरु नहुने सम्भावना बढेको छ। प्रिमियर लिगका २० क्लबले भिडियो कन्फ्रेन्स गर्दै ३० अप्रिलमै लिग सुरु हुन नसक्ने बताएका छन्। उनीहरुले ३० अप्रिलमै खेल खेल्ने वातारवरण नभएको पनि बताइएको छ।

प्रिमियर लिगले कोरोना भाइरसका कारण स्थगित लिग ३० अप्रिलबाट सुरु हुने जनाएको थियो। तर, कोराना भाइरसको माहामारी अझै फैलिरहेकाले प्रिमियर लिग पनि अनिश्चित बनेको छ।

लिगको मिति मेका लागि सार्ने या फ्रान्स र स्पेनको जस्तै लिग अनिश्चितकालका लागि स्थगित गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । कोरोनाको सबैभन्दा बढी मारमा परेको इटाली भने मेको अन्त्यमा सिरि ए सुरु गर्ने सोचमा छ, तर त्यो असम्भव देखिएको छ।

प्रिमियर लिग क्लबहरुले आफ्नो स्टेडियम र मेडिकल स्टाफहरु राष्ट्रिय स्वास्थ्य सेवाका लागि उपलब्ध गराउन चाहिरहेका छन् । तर, त्यसका लागि लिग लामो समय लिग रोकिनु आवश्यक छ।

आज प्रिमियर लिग, फुटबल लिग, प्रोफेशनल फुटबलर्स एसोसिएशन (पिएफए) र लिग म्यानजर एसोसिएशनबीच बैठक हुँदै छ । सोही बैठकले लिगको मिति सार्ने या अनिश्चितकालका लागि स्थगित गर्ने विषयमा निर्णय गर्ने छ।