लकाकुको गोलमा लन्डन डर्बीमा चेल्सीले आर्सनललाई हरायो

बेल्जिन स्ट्राइकर रोमेलु लुकाकुले पहिलो खेलमै गोल गरेपछि लन्डन डर्बीमा चल्सी विजयी भएको छ। इमिरेट्स रंगशालामा आइतबार राति भएको खेलमा लुकाकु चम्किएपछि चेल्सीले आर्सनललाई २–०ले हरायो।

लडन्न डर्बीमा चेल्सीलाई जित दिलाउन लुकाकुका अलावा रिस जेम्सले पनि गोल गरे। चेल्सीले आर्सनलविरुद्ध दुवै गोल पहिलो हाफमा गरेको थियो।

खेलको १५औं मिनेटमै लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए । उनले जेम्सको क्रममा गोल गरेका थिए। योसँगै लुकाकु चेल्लीमा ‘दोस्रो इनिङ’को पहिलो खेलमा गोल गर्न सफल भए। उनी दुई सातअघि मात्र इटालियन क्लब इन्टर मिलानबट ९७.५ मिलियन युरोमा चेल्सी आएका थिए । यसअघि उनले सन् २०११ देखि २०१४ सम्म पनि चेल्सीबाट खेलेका थिए।

३५औं मिनेटमा मासन माउन्टको पासमा जेम्सले उत्कृष्ट गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा चेल्सी विजयी भयो। लिगमा यो चेल्सीको लागतार दोस्रो जित हो। यसअघि पहिलो खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–०ले हराएको थियो।

खेलमा चेल्सीले ६५ प्रतिशत बल पोजेसन बनाउँदै आर्सनलको पोस्टमा २२ सट प्रहार गरेको थियो। जसमध्ये ५ सट फ्रेममा थियो। यता, आर्सनलले ६ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।