समाचार

प्रिमियर लिगमा एकै दिन तीन ह्याट्रिक, बन्यो नयाँ इतिहास

शनिबार प्रिमियर लिगमा नयाँ इतिहास लेखिएको छ। सेप्टेम्बर २ अर्थात् शनिबार इंग्लिस प्रिमियर लिगमा तीन खेलाडीले ह्याट्रिक गर्दै नयाँ कीर्तिमान बनाए।

प्रिमियर लिगमा इतिहास बनाउने खेलाडी हुन्, म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्ड, टोटनहमका कोरियन विंगर सन ह्युङ मिन र ब्राइन्टनका आइरिस स्ट्राइकर इभान फर्गुसन ।

हालान्डले फुलमहमविरुद्ध घरेलु मैदानमा ह्याट्रिक गरे। ५–१को प्राप्त जित उनले ५८, ७० र इन्जुरी समयको पाचौं मिनेटमा गोल गरेका थिए। इपिएलमा हालान्डको यो पाँचौं ह्याट्कि हो। अघिल्लो सिजन मात्र सिटी आएका उनले पहिलो सिजन नै ४ ह्याट्रिक गरेका थिए।

यस्तै, सनले नवप्रवेशी क्लब बर्नेलीविरुद्ध ह्याट्रिक गरे। उनले खेलको १६, ६३ र ६६औं मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक पुरा गरे। यो खेल टोटनहमले ५–२ले जित्यो। सनको यो इपिएलको चौथो ह्याट्रिक हो।

यता, फर्गुसनले न्युकासल युनइटेडविरुद्ध आफ्नो सिनियर करिअरको पहिलो ह्याट्रिक गरे। खेलमा उनले २७, ६५ र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए। खेल ब्राइटनले ३–१ ले जित्यो।