नेपाल्गञ्जमा प्रेसिडेन्ट कप सोमबारबाट, विजेताले १० लाख पाउने

नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ आयोजना हुँने भएको छ । सोमबारबाट सुरु हुने प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको हो । नेपालगञ्ज रंगशालामा फुटबल लिग पहिलोपटक आयोजना हुन लागेको हो ।

प्रतियोगिताको सोमबार एक कार्यक्रमबीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गर्ने  छन् । प्रतियोगितामा सात प्रदेशका च्याम्पियन ७ टिम सहभागी हुने छन् । प्रेसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन् ।

प्रतियोगिता चैत २ गतेबाट सुरु हुने प्रतियोगिता १५ गतेसम्म चल्ने छ। प्रतियोगिताको विजेताले विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्। प्रतियोगितामा विधागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका तर्फबाट धम्बोझी युवा क्लब (बाँके) ले प्रतिस्पर्धा गर्नेछ भने प्रदेश १ बाट सैनिक फुटबल क्लब (झापा), प्रदेश २ बाट मनकामना युवा क्लब (रौतहट) सहभागी हुने छन् ।

यस्तै, बागमती प्रदेशबाट धादिङ समाज, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब (लमजुङ), कर्णाली प्रदेशबाट लेकाली युवा क्लब (जुम्ला) र सुदुरपश्चिम प्रदेशबाट स्टार सिटी युवा क्लब (कैलाली) ले प्रतिस्पर्धा गर्नेछन् ।