प्रेसिडेन्ट कप जुनियर ब्याडमिन्टन सिरिज हुने

प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२० अयोजना हुने भएको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता पौष २३ गते बाट हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने छ ।

प्रतियोगितामा यू–१९ तर्फ पुरुष तथा महिला एकल तथा युगल र मिश्रित युगल गरी ५ विधामा समावेश छन् । बिश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त सिरजमा पुरुष एकलमा १५, पुरुष युगलमा १४ जोडी, महिला एकलमा १२, महिला युगलमा ८ जोडी र मिश्रीत युगल तर्फ १६ जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

सिरजमा नेपाललगायत युएस, मलेसिया, भारत, श्रीलंका र बंगलादेशको सहभागिता रहने छ । विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त पश्चात पहिलोपटक काठमाडौंमा आयोजना हुन लागेको हो । प्रतियोगिता आयोजनाका लागि २१ लाख रुपैयाँ खर्च हुने ब्याडमिन्टन संघले जनाएको छ ।

योसहित अबदेखि नेपालमा ब्याटमिन्टनका ३ अन्तराष्ट्रिय प्रतियोगिता हुने भएको छ । यसअघि नेपाल ब्याडमिन्टन संघले नेपाल इन्टरनेशनल च्यालेन्ज, अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज हुँदै आएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.