°
, May 29, 2023 in

ब्याडमिन्टनका प्रिन्स र फुटबलकी एन्जिला बने सर्वोत्कृष्ट, पाए जनही १ लाख

SHARE:

१७औं एनएनआईपीए स्पोर्टस अवार्डमा ब्याडमिन्टनका प्रिन्स दाहाल र राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा उत्कृष्ट वर्ष खेलाडी बनेका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले २०७८ को प्रदर्शनका आधारमा प्रिन्स र एन्जिलालाई उत्कृष्ट खेलाडी चयन गरेको हो। दुवैले जनही १ लाख रुपैयाँ पुरस्कार पाएका छन्।

यस्तै, करातेकी चन्चला दनुवार र गल्फका उद्भाव आचार्यले प्रतिभाशाली खेलाडी बन्दै जनही ५० हजार रुपैयाँ प्राप्त गरे।

एनएनआईपिएले पूर्व एथलेटिक्स खेलाडी तथा प्रशिक्षक खड्ग रानाभाटलाई गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व अवार्डबाट सम्मान गरेको छ।

यस्तै, खेलाडी संघले यस वर्ष उत्कृष्ट पारा एथलिट अवार्ड बोसिया खेलकी शुभेच्छा खतिवडा र वर्ष खेलकुद पत्रकार अवार्ड कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर भए। खतिवडाले १५ र तुलाधरले २५ हजार रुपैयाँ प्राप्त गरे।

खेलाडी संघले २६ वटा ओलम्पिक खेलका एक एक खेलाडीलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरेको थियो।

SHARE: