ब्याडमिन्टर वरियतामा प्रिन्सको छलाङ

नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरियतामा छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंले मंगलबार सार्वजनिक गरेको जुनियरतर्फको विश्व वरियतामा प्रिन्स ४ स्थानमा माथि उक्लिँदै ११औँ स्थानमा आएका छन् ।

विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता सिनियरतर्फ तथा जुनियर खेलाडीको वरियता सार्वजनिक गर्छ । अघिल्लो साता प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा थिए । यो नेपाली खेलाडीको सबैभन्दा उत्कृष्ट वरियता हो ।

हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अङ्कले पराजित भएका थिए । भारतीय खेलाडी लुवाङ विश्व बरियताको तेस्रो स्थानमा छन् ।

दुई साताअघि प्रिन्स विश्व बरियताको ३२औँ स्थानमा थिए। गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उनको बरियतामा उल्लेख्य सुधार भएको हो । ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् भने चीनका लिउ लियाङ बरियताको दोस्रो स्थानमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.