नेपाली खेलाडी प्रिन्स दाहालले रचे इतिहास, ब्याडमिन्टनको जुनियर वरियतामा शीर्षस्थानमा

Read Time:1 मिनेट

विश्व ब्याडमिन्टन जुनियर वरियतामा नेपाली युवास्टार प्रिन्स दाहाल शीर्षस्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)को नयाँ वरीयतामा अनुसार प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन्।

ब्याडमिन्टनको वरियता एक वर्षपछि परिवर्तन भएको हो । प्रिन्स तेस्रो स्थानबाट शीर्ष स्थानमा उक्लिएका हुन् । प्रिन्सले १० हजार ५ सय अंक प्राप्त गरेका छन्।

शीर्ष स्थानमा उक्लिने क्रममा प्रिन्सले मलेसियाका जस्टिन होहलाई पछि पारे।

विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो । पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्षस्थानमा पुगेका हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युभेन्टसलाई हराउँदै इन्टरलाई इटालियन सुपर कप
Next post टोटनहमलाई हराउँदै चेल्सी कारबाओ कपको फाइनलमा
Close