प्रिन्सलाई अहिलेसम्मकै ठूलो प्रायोजन, वार्षिक ८ लाख पाउने

Read Time:2 Minute

ब्याडमिन्टन जुनियर विश्व वरीयताको शीर्ष स्थानमा रहेका नेपाली खेलाडी प्रिन्स दाहाललाई ब्याडमिन्टन खेल सामाग्री उत्पादन कम्पनी योनेक्स सनराइज इन्टरनेशनलले अहिलेसम्मकै ठूलो प्रायोजन गरेको छ ।

मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा प्रिन्सले सम्झौतामा हस्ताक्षर गरेका छन् । योनेक्स नेपालका सन्चालक राजु बास्तोलाको पहलमा योनेक्स इन्टरनेसनलले प्रायोजन गरेको हो । कार्यक्रममा वास्तोलाले पहिलो चरणमा खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

सम्झौताअनुसार प्रिन्सले चार वर्षसम्म वैदेशिक प्रशिक्षणका लागि सहयोग पाउनेछन् । हरेक वर्ष ६० दिनको विशेष वैदेशिक प्रशिक्षण हुनेछ । सोही अवधिसम्म सम्पूर्ण खेल सामाग्री योनेक्सबाटै पाउनेछन् । योनेक्स इन्टरनेसलनलले गर्ने प्रमोसनल टूरमा प्रिन्सको सहभागिता रहनेछ ।

त्यसबाहेक उनले वार्षिक ८ लाख रुपैयाँ नगद पाउनेछन् । व्यवस्थापकको समेत भूमिका निर्वाह गरिरहेका प्रिन्सका मामा कमलेश निरौलाका अनुसार ठूला विदेशी प्रिमियर लिगको सहभागितामा पनि योनेक्सले पहल गर्नेछ ।

अप्रिल अन्तिमदेखि युरोपमा हुने जुनियर सिरिजको तयारीमा रहेका प्रिन्सले अहिलेसम्मकै ठूलो प्रायोजनप्रति खुसी व्यक्त गरे । ‘यसले मलाई आगामी चार वर्षका लागि राम्रो प्रदर्शन गर्न सहयोग पुग्नेछ ।

१८ वर्षीय प्रिन्स सन् २०२२ को जनवरीमा विश्व व्याडमिन्टनको जुनियरतर्फ शीर्ष स्थानमा पुगेका हुन् । सन् २०१९ मा दुवई इन्टरनेसनल सिरिजमा स्वर्ण जितेपछि चर्चामा आएका उनी त्यसयता जुनियरस्तरमा लगातार राम्रो प्रदर्शन गरिरहेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भारतीय क्लबलाई हराउँदै मनाङ दमक गोल्डकपको फाइनलमा
Next post दक्षिण कोरियालाई हराउँदै युएई विश्वकप छनोटको प्लेअफमा
Close