°
, June 1, 2023 in

रोहित र सोमपाल चम्किँदा एपिएफमाथि आर्मीको जित

SHARE:

राष्ट्रिय टिमका सदस्यद्वय रोहितकुमार पौडेल र सोमपाल कामीृले उत्कृष्ट प्रदर्शन गरेफछि भैरहवामा जारी प्रो–क्लब च्याम्पियनसिपमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ। शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला भएको खेलमा आर्मीले एपिएफमाथि ५१ रनको जित निकाल्यो ।

अस्ट्रेलियाली लेजेण्ड शेन वार्नको स्मृतिमा भएको प्रतियोगितामा १४० रन लक्ष्य पछ्याएको एपिएफ १९.१ ओभरमा ८८ रनमै अलआउट भयो। उसका लागि कप्तान प्रदीप ऐरीले सर्वाधिक ३१ रन बनाउँदा रित गौतम र सुमित महर्जनले समान १२ रन बनाए ।

एपिएफलाई सस्तैमा समेट्ने क्रममा आर्मीका आर्मीका सोमपाल कामीलले घातक बलिङ गरे। उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । साहब आलमले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए भने कुशल मल्ल र विक्रम सोबले पनि २–२ विकेट लिए ।

रोहित पौडेलको अर्धशतकीय इनिङ्स मद्दतमा पहिला ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनायो। ५७ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै रोहित सर्वाधिक ८० रन बनाए । यस्तै भीम सार्की २२ र कप्तान विनोद भण्डारी १९ रन बनाए।

एपीएफका भुवन कार्की र किशोर महतोले समान २ विकेट लिए भने अमरसिंह राउटेला र नन्दन यादवले पनि समान १ विकेट लिए।

SHARE: