°
, June 1, 2023 in
0

मैत्रीपूर्ण खेलमा पोर्चुगलको सानदार जित, घरमै हार्‍यो फ्रान्स

SHARE:

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले सानदार जित निकाल्दा विश्वा विजेता फ्रान्स घरमै पराजित भएको छ । बुधबार राति भएको खेलमा पोचुगलले एन्डोरामाथि ७–०को जित निकाल्दा फ्रान्स घरेलु मैदानमै फिनल्यान्डसँग २–०ले पराजित भयो ।

घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप ५ गोल गर्दै सानदार जित निकालेको हो । पोर्चुगलका लागि पाउलिन्होले २ गोल गवरे भने क्रिस्टियानो रोनाल्डो, पोड्रो नेटो, रेनाटो सान्चेस र जेआ फेलिक्सले गोल गरेका थिए ।

आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २–० ले अघि रह्यो । खेलको ५६ औं मिनेटमा रेनाटो सान्चेसले गोल गर्दै पोर्चुगलको अग्रता ३–० बनाए ।

पाउलिन्होले ६१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगललाई ४–० को अग्रता दिलाए । खेलको ७६ औं मिनेटमा एमिली गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५–० को अग्रता बनायो । त्यसपछि रोनाल्डोले ८५औं मिनेटमा ८८औं मिनेटमा जोआ फेलिक्सले गोल गरेपछि पोर्चुगलले ७–०को जित निकाल्यो ।

यसैगरी बुधबार राति भएको खेलमा फ्रान्स फिनल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको छ ।विश्वकप विजेता फ्रान्सविरुद्ध जित निकाल्न फिनल्याण्डका मार्कुस फोर्स र ओनी भालाकारीले एक–एक गोल गरे ।

खेलको २८ औं मिनेटमा मार्कुसले गोल गर्दै फिनल्याण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१ औं मिनेटमा ओनीले गोल गर्दै फिनल्याण्डलाई २–० को जित दिलाए । घरेलु मैदानमा बल पोजिसनमा एकतर्फी पकड जमाए पनि फ्रान्सले गोल गर्न सकेन ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *