पोर्चुगल यसै वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ। मंगलबार राति घरेलु मैदानमा भएको प्लेअफ फाइलनमा नर्थ मेसेडोनियालाई २–०ले हराउँदै पोर्चुगलले विश्वकपमा स्थान पक्का गरेको हो।
पोर्चुगललाई जित दिलाउन म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डर ब्रुनो र्फान्डेसले दुवै गोल गरे। उनले खलको दुवै हाफमा गोल गरेका थिए।
खेलमा ३२औं मिनेटमा फर्नाडेसले पोर्चुगललाई अग्रता दिलाए। उनले काउन्टरमा क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए। यस्तो ६५औं डिएगो जोटाको पासमा गोल गर्दै फर्नान्डेसले पोर्चुगललाई सातौं पटक विश्वकपमा पु¥याए।
खेलमा नर्थ मेसेडोनियो कुनै पनि समय पोर्चुगललाई दबाबमा राख्न सके। खेलमा पोर्चुगलले ६५ प्रतिशत बल पोजेसन बनाउँदै ११ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो । यता, मेसेडोनियाले ३ सट प्रहार गर्दा कुनै पनि सट फ्रेममा थिएन।
पोर्चुगल टर्कीलाई ३–१ ले हराउँदै प्लेअफ फाइनलमा पुगेको थियो भने नर्थ मेसेडोनियाले इटालीलाई १–०ले हराएको थियो।