सुदूरपश्चिम प्रदेश माथि सानदार जित निकाल्दै प्रदेश १ धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा प्रदेश १ ले सुदूरपश्चिमलाई ९ विकेटले हरायो।
पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले १६.५ बलमा मात्र १ विकेट गुमाएर पूरा भेट्टायो । उसका लागि कप्तान रुबिना क्षेत्रीले नआउट ३१ रन बनाइन् भने काजल श्रेष्ठले २८ रनको योगदान दिइन् । सुदूरपश्चिमकी कविता जोशीले १ विकेट लिइन्।
फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन मात्र बनाउन सकेको थियो । उसका सम्झना खड्काले २७ र ऋतु कनौजियाले २५ रन बनाउँदा डोली भट्ट १२ रन बनाइन्। प्रदेश १ का संगीता राई, ज्योति दनुवार,अलिशा खडिया र रुबिना क्षेत्रीले समान १ विकेट लिए।