°
, May 30, 2023 in

रेनेसविरुद्ध चलेन मेसी र एम्बाप्पेको जादु, सन् २०२१पछि घरेलु मैदानमा हार्‍याे पिएसजी

SHARE:

स्टार खेलाडीले भरिएको पिएसजी लिग वानमा पराजित भएको छ। आइतबार राति भएको खेलमा सुपरस्टार द्वय लियोनल मेसी र किलियन एम्बाप्पे फिका सावित भएपछि उनीहरुको टिम पिएसजी रेनेससँग २–०ले पराजित भयो।

योसँगै घरेलु मैदानमा पिएसजीको ३५ खेल लामो अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ। ऊ पछिल्लोपटक सन् २०२१ को अप्रिलमा लिलसँग १–०ले पराजित भएको थियो।

पिएसजीलाई उसकै मैदानमा हराउने क्रममा रेनेसका कार्लो टोको एकाम्बी र आर्नोड कालिमोन्डोले गोल गरे।

पीएसजीको मैदान पार्क डे प्रिन्समा एकाम्बीले ४५औं मिनेटमा रेनेसलाई सुरुआती अग्रता दिलाए। ४८औं मिनेटमा अर्नाड कालीमोन्डोले टिमको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल नहुँदा रेनेस विजयी भयो।

हारका बावजुत पीएसजी अझै पनि अंक तालिकाको शीर्ष स्थानमा छ । उसको २८ खेलबाट ६६ अंक छ । समान खेलबाट दोस्रो स्थानमा रहेको मार्सेलीको ५९ अंक छ।

SHARE: