हारपछि पनि पिएसजी र चेल्सी सेमिफाइनलमा

Read Time:2 Minute

युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वर्टरफाइलनको दोस्रो लेगमा पिएसजी र चेल्सी दुवै पराजित भएका छन् । मंगलबार राति भएको खेलमा पिएसजी जर्मन क्लब बायर्न म्यूनिखसँग र चेल्सी पोर्चुगिज क्लब एफसी पोर्टोसँग घरेलु मैदानमा समान १–०ले पराजित भए।

तर, हारपछि पनि पिएसजी र चेल्सी दुवै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् । पहिलो लेगमा प्राप्त जितका आधारमा दुवै टिम अन्तिम चारमा पुगेका हुन्। पहिलो लेगमा पिएसजी ३–२ले विजयी भएको थियो भने चेल्सी २–०ले विजयी भएको थियो।

समग्रमा खेल ३–३ गोलको बराबरी सकिएपनि पिएएसजीले बायर्नलाई अवे गोलमा पछाडि पा¥यो। यता, चेल्सीले भने समग्रमा २–१को जित निकाल्यो।

मंगलबार राति भएको खेलमा बार्यनका लागि ४० औं मिनेटमा चुपो मोटिङले गोल गरेका थिए । तर, त्यो गोल बार्यनलाई अघिल्लो चरणमा पु¥याउन पर्याप्त हुन सकेन। खेलमा बार्यनले पिएजीलाई दबाबमा राखेको थियो, तर थप गोल गर्न सकेन।

पिएजीले पनि गोलका थुप्रै सुन्दर अवसर सिर्जना गरेको थियो। नेमारका दुई प्रहारमा पोष्टमा लागेर फर्कियो भने एम्बाप्पेका दुई प्रहार बायर्नका किपर इमानुअल नुयरले उत्कृष्ट बचाउ गरे । बायर्नका केही प्रयास पनि पिएसजीका किपर केलर नभासले विफल पारेका थिए।

यता चेल्सी पनि पहिलो लेगको नतिजाको आधारमा अन्तिम चारमा पुगेको हो। रामोन सान्चेज मैदानमा भएको खेलमा चेल्सीले दोस्रो हाफको अतिरिक्त समय अर्थात खेलको ९३ औँं मिनेटमा गोल खाएको थियो। पोर्टोको लागि मेहेदी तारेमीले गोल गरेपनि त्यो प्रयाप्त हुन सकेन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संकटा विराट गोल्डकपको सेमिफाइनलमा
Next post बन्द प्रशिक्षणका लागि राष्ट्रिय टिमको घोषणा, युवा खेलाडी मनिष र श्यान्सु पनि परे
Close