मेसीलाई वार्षिक ३५ मिलियन युरोको प्रस्ताव गर्ने पिएसजीको तयारी

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीका लागि फ्रेन्च क्लब पिसजीले औपचारिक प्रस्ताव गर्ने तायारी गरेको छ। क्लबसँग सम्झौता नवीकरण हुन सनेपछि बार्सिलोना छाडेका मेसीका लागि पिएसजीले वार्षिक ३५ मिलियन युरोको प्रस्तावको तयारी गरेको चर्चित स्पोर्ट्स जर्नालिस्ट फाब्रिजियो रोमानोले ट्विटरमा उल्लेख गरेका छन्।

उनका अनुसार पिएसजीले एक वर्षका ३५ मिलियन युरो र अर्को वर्ष सम्झौता नवीकरण गरे वार्षिक तलब बढाउने प्रस्ताव गरेको छ। रोमानले मेसी र उनका बुबा जर्ज मेसी पनि पिएसजीको अफिसिफ प्रतास्वताको प्रतिक्षामा रहेका बताएका छन् ।

वित्तीय तथा संरचनात्मक अवरोधका कारण सम्झौता नवीकरण हुन नसकेपछि मेसीले बार्सिलोना छाडेका हुन्।

सन् २०००मा बार्सिलोनाको एकेडेमी ला मासिया आएका सन् २००४मै बार्सिलोनाको सिनियर टिममा डेब्यूको अवसर पाए। त्यसयताका १७ वर्ष मेसीले विश्वफुटबलमा राज नै गरे, क्लब फुटबलमा सबै उपलब्धि हाँसिल गरे । सँगै क्लबलाई पनि सफलता दिलाए।

१७ सिजन बार्सिलोनामा बिताउँदा उनले ७७८ खेल खेल्दै ६७२ गोल गरेका छन् । र, उनी बार्सिलोना इतिहासकै सबैभन्दा सफल र उत्कृष्ट खेलाडी हुन्, लिजेन्ड पनि। उसले समग्रमा ३४ उपाधि जितेका छन् । उनले ला लिगा १०, कोपा डेल रे ७, सुपर कोपा डे स्पाना ७, च्याम्पियनस लिग ४, युईएफए सुपरकप ३ र फिफा क्लब वल्र्डकप ३ उपाधि जितेका छन् ।

याे पनि पढ्नुहाेस्

मेसीलाई यसरी विधाई गरे बार्साका र अन्य खेलाडीले..

बार्सिलोनामा मेसी चिनाउने यी तस्बिर

मेसी भित्र्याउने दाैडमा पिएसजी अगाडि !

नचाहँदा–नहचाहँदै मेसीले छाडे बार्सिलोना

मेसीलाई १० नम्बरको जर्सी दिन नेमार तयार