मेसीको गोलमा पिएसजीको जित

Read Time:1 Minute

लियोनल मेसीले कतार विश्वकपयता आफ्नो पहिलो गोल गरेपछि पिएसजी विजयी भएको छ। बधुबार राति भएको खेलमा मेसी प्रेरिस पिएसजीले एंगर्सलाई २–० ले हराएको छ ।

पीएसजीको जितमा मेसीसँगै ह्युगो एकिटिके ले पनि गोल गरे । को गोलले अग्रता लिएको थियो ।

पाँचौ मिनेटमा इकिटिकेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाएका थिए। ७२ औं मिनेटमा मेसीले गोल गरे। यो उनको विश्वकपपछिको पहिलो गोल हो।

विश्वविजेता मेसीले विश्वकपपछिको आफ्नो पहिलो खेलमै गोल गर्न सफल भएका हुन्। एम्बाप्पे बिदामा रहेको खेलको अन्त्यतिर इमारले गरेको गोल अफसाइड हुँदा पिएसजीले अग्रता बढाउने मौका गुमायो। 

यो जितसँगै पिएसजीले लिगमा ६ अंकको अग्रता बनाएको छ। गएराति नै दोस्रो स्थानमा रहेको लेन्सले स्ट्रासबर्गसँग २–२ गोलको बराबरी खेलेपछि पीएसजी लिग १ को शीर्ष स्थानमा ६ अंकले अग्रता बनाएको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
Previous post साउथह्याम्पटनसँग पराजित हुँदै बाहिरियो म्यान्चेस्टर सिटी
Next post कोर्टुवा चम्किँदा रियल सुपर कपको फाइनलमा
Close