ब्राजिलियन स्टार नेमार चम्किएपछि च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले म्यान्चेष्टर युनाइटेडलाई हराएको छ । बुधबार राति भएको खेलमा नेमारले २ गोल गरेपछि पिएसजीले युनाइटेडलाई उसकै मैदमनमा ३–१ ले हराएको छ ।
पीएसजीको जित ब्राजिली स्टार नेमारले दुई गोल गरे भने थप एक गोल मार्कुन्होसले गोल गरे । युनाईटेडका लागि मार्कुस रासफोर्डले एक गोल फर्काए । खेलको छैटांै मिनेटमा नेयमारले पीएसजीलाई अग्रता दिलाएका थिए । रासफोर्डले गोल घरेलु टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।
मार्कुन्होसले ६९ औं मिनेटमा पीएसजीलाई २–१ ले अघि बढाए । लगत्तै खराब ट्याकल गरेको भन्दै युनाईटेडका फ्रेड रातो कार्ड खादै मैदान बाहिरिए । अन्तिम ३० मिनेट युनाईटेडले १० खेलाडीमा सिमित बनेको खेलेको थियो । दोस्रो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै युनाईटेडविरुद्ध सहज जित निकाल्न सफल भए ।
सोही समूहको अर्को खेलमा जर्मनको आरबी लाईपेजिगले इस्तानबुल बासाकेशिरमाथि ४–३ को जित निकाल्न सफल भयो । समूह चरणको पाँचांै खेलमा तीन अंक बटुल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनायो । समूह एचमा युनाईटेड, पीएसजी र आरबी आईपेजिगको समान ९ अंक भएको छ । अघिल्लो चरण पुग्न तीन वटै टोलीलाई जित निकाल्न आवश्यक छ ।