फ्रेन्च लिग वानमा पिएसजी विजयी भएको छ। फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि आइतबार राति भएको खेलमा पिएसजीले मोनाको माथि २–०को जित निकाल्यो ।
पिएसजीको जितमा दुवै गोल एम्बाप्पेले गरे । उले दुवै गोल पहिलो हाफमा गरेका थिए।
खेलमा १२औं मिनेटमा पिएसजीले अग्रता लियो । एम्बाप्पेले प्राप्त पेनाल्टीमा सहजै गोल गरेका थिए । त्यसपछि पहिलो हाफमा अन्तिम मिनेटमा लियोनल मेसीको पासमा एम्बाप्पेले नै पिएसजीको अग्रता दोब्बर बनाए।
खेलमा बल पोजेसन पिएसजीको राम्रो भए पनि आक्रमण भने मोनाकोले बढी गरेको थियो । उसले १३ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो। यता, पिएसजीले ९ सट प्रहार गर्दा २ सट मात्र फ्रेममा थियो।
जितसँगै शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । उसले १८ खेलबाट ४५ अंक जोडेको छ भने १८ खेलबाट २६ अंक जोडेको मोनाको आठौं स्थानमा छ।