मेसी पेनाल्टीमा चुके, एम्बापेले रियलविरुद्ध पिएसजीलाई जिताए

Read Time:1 Minute

च्यासम्पिन्स लिगको नकआउट चरण मंगलबार रातिबाट सुरु भएको छ । मंगलबार राति दुई हेभिवेट टिम रियल मड्रिड र पिएसजी भिडे ।

खेलमा पिएसजी विजयी भयो। बराबरी तर्फ उन्मूख खेलमा इन्जुरीको समयको पनि केही सकेन्डमात्र बाँकी रहेको अवस्थामा किलियन एम्बाप्पेले गोल गरेपछि पिएसजी १(०ले विजयी भयो। एम्बाप्पेले नेमारको ब्याकहिल पासमा गोल गरेका थिए।

लिओनल मेस्सीले दोस्रो हाफमा पेनाल्टी चुकाउँदा पीएसजीका लागि अग्रता लिने अवसर गुमेको थियो । ६२औं मिनेटमा मेस्सीको पेनाल्टी प्रहार रियलका गोलकिपर थिबाउट कोर्तवाले बचाए ।

बराबरीतर्फ अग्रसर खेलको इन्जुरी टाइमको चौथो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई जिताएका हुन् । यी दुई टोलीबीच दोस्रो लिगको खेल मार्च ९ मा रियलको मैदानमा हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकप छनोटका नेपाली टिमको घोषणा, गुल्सन पनि टिममा
Next post रोनाल्डो र फर्नान्डेसको गोलमा युनाइटेड विजयी
Close