यसैगरी सिजन क्लब आएका स्टार खेलाडीहरु लियोनल मेसी, सर्जियो रामोस तथा नेमार विना नै मैदान उत्रिएको पिएसजीले लिग वानको दोस्रो खेलमा सहज जित निकालेको छ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्ट्रासवर्गमाथि ४–२को सानदार जित निकाल्यो । उसको जितेमा माउरो इकार्डी, किलियन एम्बाप्पे, जुलियन ड्रग्सलर र पाब्लो सराबियाले गोल गरे।
खेलको तेस्रो मिनेटमै इकार्डीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । इकार्डीले लागतार दोस्रो खेलमा गोल गरेका हुन्। यस्तै २५औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसीको अग्रता दोब्बर बनाए भने २७ मिनेटमा ड्रग्सलरले गोल गरेपछि पहिलो हाफमा पिएसजीले ३–०को अग्रता लियो।
दोस्रो हाफमा ११ मिनेट अन्तरमा दुई गोल गर्दै स्ट्रासबर्गले खेलमा फर्कने प्रयास गरेको थियो। उसका केविन ग्यामिरोल ५३औं र लुडोविच अजोक्वेइले ६४औं मिनेटमा गोल गरेका थिए।
८१औं मिनेटमा स्ट्रासवर्ग १० खेलाडीमा समेटियो । उसका अलेजेन्डर डिजुकुलेले सिधै रातो कार्ड पाएका थिए । ८६औं मिनेटमा साराबियाले गोल गरेपछि पिएसजीले सहज जित निकाल्यो।
पिएसजीले युरोकप र कोपा अमेरिका फाइलन खेलेका खेलाडीलाई आराम दिएको थियो।