स्टार खेलाडीहरु लियोनल मेसी, नेयमार र केयलिन एमबापेलाई मैदान उतारेको पिएसजी लिग वानमा पराजित भएको छ।
मेसी, नेमार र एम्बाप्पे सम्मिलित पिएसजी रेनसले १–०ले स्तबन्ध भयो । पिएसजीमाथि रेनेसलाई जित दिलाउन कप्तान हामरी ट्राओरले ६५ औं मिनेटमा निर्णायक गोल गरे।
स्टार खेलाडीले भरिएको पिएसजीले बल पोजेसन राम्रो बनाएपछि रेनेसको पोस्टमा आक्रमण गर्न सकेन् । उसका लागि एउटामात्रै आक्रमण एम्बाप्पेले दोस्रो हाफमा गरेका थिए । एम्बाप्पेको उत्कृष्ट प्रहार बारमा लागेको थियो।
पिएसजीले लिगमा दोस्रो हार व्यहोर्दा उपाधिको होड रोमाञ्चक मोडमा पुगेको छ। शीर्ष स्थानको पीएसजी र दोस्रोको लेन्सबीचको अन्तर अब तीन अंकमा छोटिएको छ।
यो सँगै पीएसजीको १९ खेलबाट ४७ अंक छ भने लेन्सको समान खेलबाट ४४ अंक भएको छ। शनिबार अक्सरेलाई १(० ले हराउँदै लेन्सले १९ खेलबाट ४४ अंक जोडेको हो।
मार्सेली ४२ अंकसहित तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा रहेको मोनाकोको ३७ अंक छ। गोल अन्तरमा पछि परेको रेनेस समान अंक भए पनि पाँचौ स्थानमा छ।