°
, June 1, 2023 in

एम्बाप्पे, मेसी स्टारर पिएसजी अन्तिम १६बाटै बाहिरियो, बायर्न क्वार्टरफाइनलमा

SHARE:

लियोनल मेसी, किलियन एम्बाप्पे जस्ता स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६बाटै बाहिरिएको छ। बुधबार राति नभएको अन्तिम १६को दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग २–०ले पराजित भएपछि पिएसजी १६ बाटै बाहिरिएको हो।

दोस्रो लेगको २–०को जितसँगै बायर्नले पिएसजीमाथि समग्रमा ३–०को जित निकाल्दै क्वार्टफाइनलमा स्थान बनायो । पहिलो लेग बायर्नले १–०ले जितेको थियो।

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज गनाब्रीले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६१औं मिनेटमा चुपो मोटिङको गोलमा बायर्नले अग्रता लियो। उनी पिएसजीकै पूर्व खेलाडी हुन्। त्यसपछि ८९ औं मिनेटमा गनाब्रीले गोल गरेपछि बायर्नले २–०को जित निकाल्यो।

यो सँगै स्टार खेलाडीको बाहुल्य रहेको पिएसजीले च्याम्पियनस लिगमा खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । ऊ पछिल्लो सातमध्ये ५ पटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ।

SHARE: