मेसी र नेमारले जोगाउन सकेनन् पिएसजीको हार, मार्सेलीसँग २–१ले पराजित

Read Time:1 Minute

लियोनल मेसी, नेमारजस्ता स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा पिएसजी मार्सेलीसँग २–१ले पराजित भयो।

चोटग्रस्त किलियन एम्बाप्पे विना मैदान उत्रिएको पिएसजीविरुद्ध मार्सेलीले ३१औं मिनेटमा अग्रता लियो । उसका एलिक्सस सान्जेले पेनाल्टीमा गोल गरेका थिए। पहिलो हाफका इन्जुरी समयमा सर्जियो रामोसले गोल गरेपछि पहिलो हाफ १–१को बराबरीमा सकियो।

५७औं मिनेटमा युक्रेनका मिडफिल्डर रुस्लान मालिनोभ्स्कीले गोल गरेपछि खेलमा फेरि मार्सेलीले अग्रता लियो । तर, त्यसपछि गोल नहुँदा पिएसजी फ्रेन्च कपको अन्तिम १६ मै रोकियो।

यसअघि मार्शेले सन् २०११ मा कतारी मालिकले पीएसजीको स्वामित्व लिएयता मात्र दुई पटक जित हात पारेको थियो । क्वाटरफाइनल पुगेको मार्शेले दश पटक फ्रेन्च कप जितेको छ । तर सन् १९८९ यता भने उपाधिविहीन छ।

पीएसजीले सन् २०२३ मा भने खराब प्रर्दशन गर्दै तीन खेल हारिसकेको छ। च्याम्पियन्स लिगको अन्तिम १६ मा बायर्न म्युनिखसँग खेल्न एक साता पनि बाँकी नहुँदा व्यहोरेको यो हारले पीएसजीलाई धक्का लागेको छ । एम्बाप्पेले बायर्नसँगको खेल पनि गुमाउने पक्का भइसकेको छ।

Happy
Happy
18 %
Sad
Sad
76 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
6 %
Previous post इजिप्टको क्लबमाथि सनदार जित निकाल्दै रियल क्लब विश्वकपको फाइनलमा
Next post यू–२० महिला साफ फाइनल : उच्च मनोबलसहित बंगलादेशसँग भिड्दै नेपाली टिम, जित्ला त उपाधि ?
Close