लिलेविरुद्ध पिएसजीको संघषपूर्ण जित

लिग वानमा पिएसजीले संघर्षपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेलमा पिएसजीले लिलेमाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को जित निकालेको हो।

पिएसजीको जितमा मार्किन्होस र एन्जेल डि मारियाले गोल गरेका थिए। पिएसजीको घरेलु मैदानमा ३१औं मिनेटमा जोनाथन डेभिडको गोलमा लिले अग्रता लियो। पलिहो हाफ १–०मै सकियो।

खेलको ७४औं मिनेटमा कप्तान मार्किन्होसले गोल गर्दै पिएजीलाई खेलमा फर्काए। उनले डि मारियाको पासमा गोल गरेका थिए। ८८ औं मिनेट डी मारियाले नेमारको पासमा गोल गर्दै पिएसजीलाई २–१को जित दिलाए।

६० प्रतिशत बल पोजेसन बनाउँदै पिएजीले लिलेको पोस्टमा १७ सट प्रहार गरेको थियो। जसमध्ये ६ सट फ्रेममा थियो । यता, लिलेले ११ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।

जितसँगै १२ खेलमा ३१ अंक जोड्दै पिएसजी शीर्ष स्थानमा छ । यता, डिफेन्डिङ च्याम्पियन लिले भने ११ खेलमा १५ अंक जोड्दै ११औं स्थानमा छ। डिफेन्डिङ च्याम्पियनले लिग वानको सुरुआती ११ खेलमा जोडेको यो तेस्रो कम अंक हो । यसअघि सन् २००१÷२मा नान्ट्सले ४ र मोन्टफेलियरले सन् २०११÷१२मा १२ अंक जोडेको थियो।