स्टार खेलाडीहरु लियोनल मेसी, नेमार र किलियन एम्बाप्पेलाई मैदानमा उतारेको पिएसजी लिग वानमा बराबरीमा रोकिएको छ। मेसी, नेमार र एम्बप्पेलाई मैदान उतारको पिएसजी रेइम्ससँग १–१को बराबरीमा रोकियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५१औं मिनेटमा नेमारले पिएसजीलाई अग्रता दिलाए । उनले जुलियन ब्रान्टको पासमा गोल गरेका थिए। लिग वानमा नेमारको यो १२औं गोल हो । यो सिजन नेमार गोल र असिस्ट गरे २० गोलमा इन्भल्भ भएकाछन्।
तर, ५९औं मिनेटमा मार्को भेराटीले रातो कार्ड पाएपछि पिएसजी दबाबमा परेको थियो। त्यसको फाइदा रेइम्सले उठायो। उसले इन्जुरी समयको चौथो मिनेटमा बराबरी गोल गरेको थियो । उसका फोलारिन बालोगुनले गोल गरेका थिए।
बराबरीपछि शीर्ष स्थानको पीएसजीको २० खेलबाट ४८ अंक छ । पीएसजी दोस्रो स्थानको लेन्सभन्दा अझै ३ अंकले अघि छ। रेइम्स २६ अंकसहित ११ औं स्थानमा छ।