मेसीको निर्णायक गोलमा लिग वानका पिएसजीको जित

Read Time:1 Minute

लियोनल मेसीको निर्णायक गोल मद्दतमा लिग वानमा लिग लिडर पिएसजी विजयी भएको छ। शनिबार राति भएको खेलमा पिएसजीले टुलुचमाथि २–१को पुनरागमन जित निकाल्यो।

किलियन एम्बापे र नेमार बिनै मैदान उत्रिएको पिएसजीको जितमा लिओनल मेसी र अच्रफ हाकिमीको गोल गर्दा टुलुचका ब्रान्को भान डेन बुमेनले गोल गरेका थिए।

पिएसजीको मैदानमा अप्रत्यासित रुपमा अग्रता टुलुचले लियो । उसका बुमेनको गोलमा २०औं मिनेटमा गोल गरेका थिए। तर, ३८औं मिनेटमा हाकिमीले डिबक्स बाहिरिबाट गोल गर्दै खेलालाई बराबरीमा ल्याए।

खेलको पहिलो हाफ १–१ कै बराबरीमा सकियो । ५८औं मिनेटमा खेलमा पिएसजीले अग्रता लियो। मेसीले डिबक्स बाहिरबाट गोल गरेका थिए। जारी सिजन लिग वानमा मेसीको यो १०औं गोल हो।

जितपछि पीएसजीक २२ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा आसिन छ । दोस्रो स्थानको मरासेमाथि पीएसजीले ८ अंकको अग्रता बनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लिभरपुलको लज्जास्पद हार, युनाइडेको जितको यात्रा कायमै
Next post फेब्रुअरी ५ अर्थात् रोनाल्डो र नेमारको जन्मदिन
Close