°
, June 4, 2023 in
0

एम्बाप्पे १००औं गोल गर्दा पिएसजी विजयी

SHARE:

केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबका लागि १००औं गोल गरेको खेलमा पिएसजी विजयी भएको छ । शनिबार राति पिएसजीले मोन्टपेलिएरलाई ३–१ गोलअन्तरले पराजित गर्ने क्रममा एमबाप्पेले सय गोल पूरा गरेका हुन्।

फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पिएसजीले मोन्टपेलिएरलाई सहज रुपमा पराजित गरेको हो। खेलको ३३ औं मिनेटमा कोलिन डग्बाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। तर ४१ औं मिनेटमा स्टेफी माभिडिडीले गोल गर्दै मोन्टपेलिएरलाई १–१ गोलको बराबरीमा पुर्‍याए। खेलको ७७ औं मिनेटमा मोइस केनले गोल गरेपछि पिएसजीले २–१ गोलको अग्रता बनाएको थियो।

खेलको अतिरिक्त समयमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ३–१ गोलको जित दिलाए। यो गोलसँगै २१ वर्षीय युवा स्टार एमबाप्पेले पिएसजीका लागि सय गोल पूरा गरेका हुन्। पिएसजीका लागि सय गोल पूरा गर्ने एमबाप्पे पाँचौ खेलाडी बने। यसअघि इडिन्सन काभानीले पिएसजीका लागि २०० गोल गरेका छन् भने ज्लाटन इब्राहिमोभिचले १५६, पाउलेटाले १०९ र डोमिनिक रोचेटेउले सय गोल गरेका छन्।

सन् २०१८ मा मोनाकोबाट स्थायी रुपमा अनुबन्धित हुनुअघि आफ्नो घरेलु टिम पिएसजीबाट २७ गोल एम्बाप्पेले गरेका थिए। २०१७–०१८ को सिजन लोनमा खेलेका एमबाप्पे त्यसपछि पिएसजीमा १६५ मिलियन पाउण्डमा अनुबन्धित भएका थिए।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *