टिममेटमाथि आक्रमण गरेको आरोपमा प्रहरीले फ्रेन्च क्लब पिएसजीकी खेलाडी अमिन्टा डायलोलाई हिरासतमा लिएको छ। प्रहरीले अमिन्टालाई बुधबार हिरासतमा लिएको पिएसजीले जनाएको छ।
अमिन्टामाथि टिमटेम खेरा हामरालीमाथि आक्रमण गरेको आरोप छ।
वुमन्स च्याम्पियन्स लिग अन्तर्गत रियल मड्रिडविरुद्ध खेलेको केही समयपछि प्रहरीले अमिन्टालाई हिरासतमा लिएको हो। सो खेलमा पिएसजीले ४–० ले विजयी भएको थियो ।
आफ्नी मिडफिल्डर अमिन्टालाई प्रहरीले हिरासतमा लिएको पिएसजीले पुष्टी गरेको छ। उसका अनुसार गत साता आफ्ना खेलाडीमाथि भएको आक्रमणको छानविनका क्रममा प्रहरीले अमिन्टालाई हिरासतमा लिएको हो ।