
पब्जी विश्वकपको फाइनल चरण पुगेको नेपाली टिम, एक करोड बढी रकम नेपाल भित्र्याउँदै
Read Time:1 Minute
नेपाली टिम पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को फाइनल चरणमा प्रवेश गरको छ। नेपालको डिआरएस गेमिङ
च्याम्पियनसिपको शीर्ष पाँचमा रहँदै फाइनल चरणमा स्थान बनाएको हो।
डिआरएस गेमिङ ले १२ खेलबाट ३८ एलिमिनेस अंक र एक चिकेन डिनरसहित जम्मा १११ अंक ल्याएको थियो। डिआरएस तालिकाको चौथो स्थान थियो।
अन्तिम चरणमा छनोट भएसँगै डिआरएसले एक करोड रुपैयाँ बढी प्राप्त पक्का भएको छ।
फाइनल चरणका खेल आगामी महिना इन्डोनेसियामा हुनेछ। फाइनल चरण इन्डोनेसियाको राजधानी जाकर्तामा आगामी जनावरी ६ देखि ८ सम्म हुनेछ।
यो प्रतियोगितामा नेपालको अर्को टोली ट्रेन टु किलले पनि सहभागिता जनाउनेछ। ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो।